नियम २०
सेवा उपलब्ध गराउने
: (१) प्रथम सेवा बिन्दुका रूपमा सेवा प्रदान गर्ने सेवा प्रदायकले बीमितलाई उपचार सेवा उपलब्ध गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको सेवा प्रदायकले बीमितलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन नसक्ने भएमा सोही व्यहोरा उल्लेख गरी अनुसूची-९ बमोजिमको ढाँचामा प्रेषण पूर्जी भरी त्यस्तो सेवा उपलब्ध हुने नजिकको अन्य सेवा प्रदायकमा पठाउनु पर्नेछ। (३) प्रथम सेवा बिन्दु बाहेकका सेवा प्रदायकले आकस्मिक अवस्थामा बाहेक अन्य अवस्थामा उपनियम (२) बमोजिमको प्रेषण पूर्जीको आधारमा मात्र बीमितलाई सेवा दिनु पर्नेछ।
(४) बीमितलाई प्रेषण गर्ने र प्रेषण गरिएको दुवे सेवा प्रदायकले त्यस्तो बीमितको दर्ता तथा डिस्चार्ज लगायतका अन्य विवरणहरु सुरक्षित राख्नु पर्नेछ।
(५) सेवा प्रदायकले सेवा प्रदान गर्दा लाग्न सक्ने अनुमानित खर्चको रकमबारे बीमितलाई सेवा सुरु गर्नु अगावै जानकारी गराउनु पर्नेछ।
(६) सेवा प्रदायकले बीमितलाई मन्त्रालयले निर्धारण गरेको मापदण्ड अनुरूप सेवा उपलब्ध गराउनु पर्नेछ।
तर त्यस्तो “मापदण्ड नबनेसम्म प्रचलित उपचार संहिता (प्रोटोकल) प्रोटोकल अनुरुप सेवा उपलब्ध गराउन सकिनेछ।
(७). बिशेषज्ञ सेवा प्रदान गर्ने सेवा प्रदायकले बीमितलाई प्रारम्भिक सेवा उपलब्ध गराउँदा अनिवार्य रुपमा रोग पहिचान छनोट प्रक्रिया अपनाई सेवा प्रदान गर्नु पर्नेछ ।